Section 41
सम्पत्ति वा दायित्वको थमौती (रिटेन्सन) सहितको निसर्ग
कुनै व्यक्तिले दफा ४० को उपदफा (३) को खण्ड (ग), (घ) (ङ) र च)मा उल्लिखित कुनै पनि तरिकाले कुनै सम्पत्ति वा दायित्व निसर्ग गरेमा देहाय बमोजिम हुनेछ:-

(क) सम्पत्तिको सम्बन्धमा,-

(१) सो व्यक्तिलाई निसर्ग बापत निसर्गको समयमा सो सम्पत्तिको बजार मूल्य बराबरको रकम प्राप्त भएको मानिनेछ, र

(२) त्यस्तो सम्पत्ति पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको बखतसम्म त्यस्तो सम्पत्ति बापत गरिएका खुद खर्चहरू (नेट आउट गोङङ्ग) प्राप्ति रकम बराबरको रकम भए सरह मानिनेछ ।

(ख) दायित्वको सम्बन्धमा,-

(१) सो व्यक्तिलाई निसर्गको समयमा सो दायित्वको बजार मूल्य बराबरको रकम सो निसर्ग बापत खर्च गरेको मानिनेछ, र

(२) त्यस्तो दायित्व पुनः निःसर्ग हुँदा यो दफा बमोजिम निःसर्ग भएको समयसम्म उपखण्ड (१) बमोजिम दायित्व बापत गरिएका खूद आम्दानीहरू खर्च रकम बराबरको भए सरह मानिनेछ ।